ब्राञ्चलेस बीमा सेवा सञ्चालन गर्ने बीमा समितिको तयारी, लघुबीमा प्राथमिकतामा

Dec 12, 2019 06:41 PM Merolagani

बीमा समितिले शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदशर्न २०७६ जारी गर्ने तयारी गरेको छ। समितिले सर्वसाधारणमा सहज ढंगले न्यूनतम लागतमा घरदैलौमा नै बीमा सुविधा पुर्याउन मार्गदर्शन जारी गर्ने तयारी गरेको हो।

लघुबीमालाई प्राथमिकता दिने गरी समितिले मार्गदर्शनको प्रारम्भिक खाता तयार गरेको छ। त्यस अनुसार घुम्ती बीमा सेवा प्रदान गर्दा बीमकले सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमा र ५० लाख रुपैयाँ सम्मको घर बीमालाई प्राथमिकता दिनुपर्नेछ।

घुम्ती बीमा सेवाले ५ लाख रुपैयाँ भन्दा बीमाङ्क कायम भएको कुनै पनि बीमालेख जारी गर्न पाइनेछैन। यस्तै एकल बीमा शुल्क भएको जीवन बीमा,वैदेशिक रोजगारी म्यादी जीवन बीमा गर्न नपाउने व्यवस्था रहेको छ। यस्तै निर्जीवन तर्फ सामुन्द्रिक बीमा, हवाई बीमा इन्जिनियरिङ्ग बीमा र मोटर बीमा गर्न नपाउने व्यवस्था रहेको छ।

बीमकले महानगरमालिका वा उप महानगरपालिका भित्र घुम्ती सेवा उपलब्ध गराउन पाउनेछैन। तर जीवन बीमा व्यवसाय गर्ने बीमकले त्यस क्षेत्रभित्र रहेका सीमावर्ती वडाहरुमा सेवा उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ।

निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लागि कृषि तथा पशुपन्छी बीमा जारी गर्ने प्रयोजनको लागि तोकिएको जिल्लाहरुमा सम्बन्धित बीमकले अनिवार्य रुपमा घुम्ती बीमा सेवा सञ्चालन गर्नेपर्ने मार्गदर्शनमा उल्लेख छ।

घुम्ती बीमा सेवा सञ्चालन गर्नको लागि संलग्न कर्मचारीको दुर्घटना बीमा जारी गर्नुपर्ने र कर्मचारी ग्राहक भएकै स्थानमा पुगेर बीमा गराउनु पर्ने समेत व्यवस्था गरेको छ।

यस्तो सेवा सञ्चालन गर्दा उक्त सेवा संञ्चालन गर्ने स्थान नजिक रहेको शाखा कार्यालयमा छुट्टै घुम्ती बीमा डेक्स स्थापना गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।