नबिल इन्भेष्ट बैंकिङ्गले नवीकरण नगर्ने सदस्यको डिम्याट खाता रोक्का गर्ने

Dec 13, 2019 09:21 AM Merolagani

नबिल इन्भेष्ट बैंकिङ्गले आफ्ना हितग्राही सदस्यहरुलाई एक साताभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ।

नबिल इन्भेष्टले एक सूचना जारी गर्दै पटक पटक इमेल, एसएमएस र सार्वजनिक सूचना मार्फत डिम्याट खाता नवीकरण गराउन अनुरोध गरेपनि केही निक्षेप सदस्यले हालसम्म पनि खाता नवीकरण नगरेको भए ७ दिनभित्र डिम्याट खाता नवीकरण शुल्क बुझाएर नवीकरण गर्न भनेको हो। 

तोकिएको समयभित्र खाता नवीकरण नगर्ने सदस्यको खाता रोक्का गरिने र यसपश्चात शेयरहरुको बिक्री गर्दा सार्वजनिक निष्काशनमा आवेदन गर्न समस्या हुने तथा राफसाफ र फछ्र्यौट नहुने भएकाले समयमा नै खाता नवीकरण गर्न सूचीत गरेको छ।

खाता नवीकरण नगराएका लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण गर्न सक्नेछन्।

एक आर्थिक वर्ष डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क वापत एक सय रुपैयाँ तिनुपर्ने व्यवस्था छ। यस्र्तै मेरोशेयर प्रयोगकर्ताका लागि थप ५० रुपैयाँ शुल्क लाग्नेछ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) तथा नेपाल मर्चेन्ट बैंकर्स संघले यसअघि नै डिम्याट खाता नवीकरण तथा बैंक खाता वापत लाग्ने वार्षिक शुल्क बुझाउन आग्रह गरेका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।