डेपुटी गभर्नर शिवराज श्रेष्ठको छानबिन प्रतिवेदन मन्त्रिपरिषदमा

Dec 13, 2019 12:44 PM Merolagani

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको छानबिन प्रतिवेदन अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरेको छ। नेपाल राष्ट्र बैंकले श्रेष्ठमाथि छानबिन गरी बुधबार अर्थमन्त्रालयमा बुझाएको प्रतिवेदन मन्त्रालयले मन्त्रिपरिषदमा बुझाएको हो।

श्रेष्ठमाथि लागेको आरोप छानबिन गर्न राष्ट्र बैंकले सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले राष्ट्र बैंकमा बुझाएको प्रतिवेदनमा उनलाई दोषी ठहर गरि प्रतिवेदन बुझाएको थियो।

छानबिन समितिले तत्कालिन ग्राण्ड बैंकको साढे २ करोडभन्दा बढी र तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको २ अर्ब कर्जा घोटाला लुकाएको, एनसेललाई लगानीको तुलनामा करिब २ अर्ब लाभांश लिन सहयोग गरेको र विदेश भ्रमणमा गई दोहोरो सुविधा लिएको आरोपमा श्रेष्ठलाई दोषी भेटिएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, एनसेलको लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप श्रेष्ठमाथि लगाइएको छ।

सरकारले लगाएका अधिकांश आरोपहरु पुष्टी भएसँगै डेपुटी गभर्नर श्रेष्ठ बर्खास्त हुने सम्भावना बढेको छ। श्रेष्ठलाई पदमुक्त गर्ने नगर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषदले गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।