नेपाल सेवाले लघुवित्त कम्पनीहरुमध्ये थोरै लाभांश वितरण गर्ने

Dec 13, 2019 01:43 PM Merolagani

नेपाल सेवा लघुवित्त (NSEWA) ले गत आर्थिक वर्षको कमाईबाट लघुवित्त कम्पनीहरु मध्येकै थोरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

लघुवित्तको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१२५ प्रतिशत नगद गरी २.६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअघि गणपति माइक्रोफाइनान्सले सबैभन्दा थोरै ७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल सेवाले त्योभन्दा पनि थोरै लाभांश प्रस्ताव गरेको हो। गत आवको मुनाफाबाट सबैभन्दा धेरै ७५ प्रतिशत बोनस सहित ८० प्रतिशत लाभांश वितरण गरेको नेशनल माइक्रोफाइनान्सले यहि मंसिर २९ गते साधारण सभाबाट उक्त लाभांश पारित गर्दैछ। लघुवित्तले मंसिर १६ गते बुकक्लोज गरिसकेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन्।

अघिल्लो आर्थिक वर्षमा ५.२ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट भने लाभांश दर घटाएको हो।

लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।  

हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १५ लाख रुपैयाँ बराबरको बोनस पश्चात पूँजी ६ करोड १५ लाख रुपैयाँ पुग्नेछ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।