सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सहकार्य

Dec 13, 2019 02:36 PM Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक,बालुवाटार बीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड वाहक र खाता भएका ग्राहकहरुले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिँदा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

“योर पार्टनरफर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८५ वटा शाखा, ८४ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।