एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजनाका दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

Dec 13, 2019 02:59 PM Merolagani

एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही २ लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छ। राउत तेस्रो हप्ताको विजयी ग्राहकहरु मध्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहकहरु मध्येकी एक हुन्।

एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत गत मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ। यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउँछन्।

बिहीबार एक कार्यक्रम माझ राउत र थापालाई एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो। दोस्रो हप्ताका पाँच जना विजयी मध्ये एक जना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको थियो। उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत प्रक्रिया पुर्याई थापा नयाँ विजयी ग्राहकका रुपमा छानिइएकी थिइन्।

तेश्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकहरुमध्ये यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि एक जना अयोग्य ठहरिएका छन्। त्यसैगरी, तीन जना प्रमाणिकरण प्रक्रियामा रहेका छन्। अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता एक नयाँ भाग्यशाली ग्राहक छनोट गरिने एनसेलले जनाएको छ।

यस योजना अन्तर्गत पहिलो र दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका ग्राहकलाई एनसेलले काठमाण्डौ वा काठमाण्डौ बाहिर ग्राहकलाई सजिलो पर्ने स्थानबाट पुरस्कार हस्तान्तरण गर्नेछ। दोस्रो हप्ताका विजयीमध्येका दुई र पहिलो हप्ताका भाग्यशाली पाँच ग्राहकमध्येका एक विजयीलाई चाँडै नगद पुरस्कार हस्तान्तरण गरिने कम्पनीले बताएको छ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन्। आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भईरहेको छ। योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ।

ग्राहकहरुले १०० रुपैयाँ वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन्। उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ। यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।