सानिमा माई हाइड्रोपावरले डाक्यो आठौं वार्षिक साधारण सभा

Dec 13, 2019 03:48 PM Merolagani

सानिमा माई हाइड्रोपावर (SHPC) ले पुस २७ गते कम्पनीको आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। बिहीबार गत आवको मुनाफा घोषणा गरेको कम्पनीले भोलिपल्टै लाभांश पारित गर्न सभा डाकेको हो।

साधारण सभा सेलिब्रेसन हाईट सुकेधारामा  पुस २७ गते  बिहान ११ बजे बोलाइएको छ ।

आठौं वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।

यसैगरि बोस शेयर जारी पश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गरि कम्पनीके प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, र नियामक निकायबाट कुनै संसोधन तथा परिमार्जन गर्न निर्देशन आएमा सोही अनुसारको कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा शेयर खरीद गरि शेयरधनी कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनुका साथै सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।