राष्ट्र बैंकले १० अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

Dec 15, 2019 10:17 AM Merolagani

नेपाल राष्ट्र बैंकले मंसिर ३० गते सोमबार १० अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारका लागि चाहिने आन्तरिक ऋण परिचालनका लागि नेपाल राष्ट्र बैंकले सो रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

सोमबार जारी हुने ट्रेजरी बिल यसअघि जारी गरिसकेको र समयावधि समाप्त भएकाले नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न २ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

पुस १ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

बैंकले ९१ दिने अवधिको आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। ९१ दिने बिल आगामी चैत ४ गते परिपक्व हुनेछ। यस्तै ३६४ दिने अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको बिल बिक्री गर्न लागिएको हो । उक्त बिल २०७७ मंसिर ३० गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकले यसअघि मङ्सिर २३ गते पनि २ अर्ब २६ करोड रुपैयाँको ९१ दिन अवधिको ट्रेजरी बिल बिक्री गरेको थियो। जसमा १.३०७९ डिस्काउन्ट दर कायम भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।