हिमालयन पावर पार्टनरले लाभांश नबाड्ने

Dec 15, 2019 06:02 PM Merolagani

हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले गत आर्थिक वर्षबाट शेयरधनीहरुलाई लाभांश नबाड्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई विना लाभांश पुस २८ गते सातौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १४ र १५ गते बुकक्लोज गर्ने भएकाले पुस १३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन्।

हिमालयन पावर पार्टनर गैर आवासीय नेपालीहरुको लगानीमा संचालित कम्पनी हो। यसको हाल चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ छ भने कम्पनीको कूल सम्पत्ति तथा  दायित्व ३ अर्ब १५ करोड ७४ लाख २८ हजार रहेको छ । 

लमजुङ्गको दोर्दी खोलामा २७ मेगावाटको आयोजना बनाउँदै आईपीओ बिक्री गरेको हिमालयन पावर पार्टनरले अहिलेसम्म आयोजना निर्माण पूरा गर्न सकेको छैन। आयोजना निर्माणाधीन अवस्थामा रहेकाले हालसम्म व्यापारिक उत्पादन गरेको छैन ।

आयोजना निर्माण पुरा नहुँदा सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गरेको दुई वर्ष नाघ्दा पनि लगानीकर्तालाई लाभांश बाँड्न सक्ने अवस्था छैन्।

आयोजनाको लागत अनुमानित भन्दा बढ्दै गएको र अझै निर्माण नसकिएकोले कम्पनीले अझै केहि वर्ष लगानीकर्तालाई लाभांश बाँड्न नसक्ने अवस्था हुनसक्छ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा आम्दानी- खर्च, नाफा घाटा तथा रिजर्भ लगायतको विवरण समेत उल्लेख नगरेकोले कम्पनीको यर्थाथ अवस्था लगानीकर्ताले थाहा पाउन सकेका छैनन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।