नेरुडे लघुवित्तको साधारण सभा आह्वान, मर्जर र लाभांश अनुमोदन मुख्य एजेण्डा

Dec 15, 2019 06:11 PM Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था (NLBBL) ले मर्जर र लाभांश अनुमोदन गर्ने मुख्य प्रस्ताव गरेर कम्पनीको १३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले पुस २८ गते उद्योग संगठन विराटनगर, मोरङमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । 

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी साधारण सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन तथा मर्जर एक्वीजिसनमा जान, सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बसन्धि सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाने छ ।

संस्थापक शेयरधनीको तर्फाबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको निर्वाचन तथगा प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन गर्ने प्स्ताव समेत सभामा लैजाने छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि नेरुडेले पुस १३ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएकाले पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तले वितरुण गर्ने लाभांश र सभामा भाग लिन पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ३९ करोड ७६ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ४५ करोड ७२ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।