हिउँदे अधिवेशनमा स्थायी राजधानी र नामकरण प्रस्ताव आउने

Dec 15, 2019 06:37 PM RSS

प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम साता बस्ने र उक्त अधिवेशनका लागि आवश्यक कार्यसूचीको पूर्ण तयारी भइरहेको बताएका छन् ।

उनले आगामी हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरणको विषय छलफलमा ल्याइने तथा सहमतिका आधारमा टुङ्गो लगाइने विश्वास व्यक्त गरे।

फुँयालले प्रदेश सरकारले चालु आवभित्र ल्याएको बजेटमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य भइरहेको र अहिले ती जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका उच्च अधिकृतले प्रत्यक्ष अनुगमन गरिरहेका जानकारी दिए।

मुख्य सचेतक फुँयालले प्रदेश सरकारले १३ वटै जिल्लाका कृषकलाई दूधको उत्पादन, तरकारी र मौसमी फलफूल खेतीका लागि उच्च प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।