नेपाल ल्यूब आयलको लाभांश घोषणा

Dec 16, 2019 11:13 AM Merolagani

नेपाल ल्यूब आयल लिमिटेड (NLO) ले गत आर्थिक वर्षको मुनाफबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। मंसिर २९ गते बसेको सञ्चालक समितिको ३४६ औँ बैठकले सो निर्णय गरेको हो।

सो लाभांश पारित गर्न कम्पनीले पुस २३ गते २८ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे सुरु हुनेछ। साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ। पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।