दुई कम्पनीको १२ लाख कित्ता हकप्रद सूचीकृत

Dec 16, 2019 12:34 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको झण्डै १२ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। दोस्रो बजारमा कारोबारको लागि वोमी लघुवित्त र बेष्ट फाइनान्स कम्पनीले उक्त शेयर सूचीकृत गराएका हुन्। 

वोमी लघुवित्त (WOMI) ले गत साउन ९ गतेदेखि चुक्ता पूँजीको शतप्रतिशत अर्थात प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो सोहि शेयर दोस्रो बजारमा कारोबारको लागी सूचीकृत भएको हो।

शतप्रतिशत हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी बेष्ट फाइनान्स (BFC) को १ लाख ८८ हजार ९८० कित्ता हकप्रद शेयर पनि दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको छ।

सूचीकृत भएका उक्त शेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारबाट कारोबार गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।