वोमी लघुवित्तको सीईओ आचार्यलाई निरन्तरता

Dec 17, 2019 02:02 PM Merolagani

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) का साविकका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले एकीकृत संस्थामा पनि निरन्तरता पाएका छन्। यससँगै आचायले अबको ४ वर्ष संस्थामा सीईओको भुमिका निर्वाह गर्नेछन्।

नागरिक लघुवित्त र वोमी लघुवित्तबीच मर्जर समाप्ती पश्चात मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल वोमी लघुवित्तमा सीईओ रहेका आचार्यलाई आगामी ४ वर्षका लागि करारमा नियुक्ती गर्ने निर्णय गरेको कामु नायब महाप्रबन्धक रविन्द्र तिमल्सेनाले जानकारी दिए।

एकीकृत संस्थामा वोमीबाट पाँच र नागरिक लघुवित्तबाट एक जना सञ्चालक बनेका छन्।  नागरिक लघुवित्तबाट शिव प्रसाद मिश्र तथा वोमीबाट विमला उपाध्याय घिमिरे, विन्दीया श्रेष्ठ प्रधान, किशोरी थापा, कल्पना बराल र कृष्णराज सिलवाल सञ्चालक बनेका छन्। सञ्चालक समितिको बैठकले विमला उपाध्याय घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ।

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हाल नागरिक लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं १४ साँगामा राखिएको छ।

नागरिक लघुवित्तलाई १०० बराबर ७२ को स्वाप रेसियोमा प्राप्ती गरेपछि एकीकृत वोमी लघुवित्तको चुक्ता पूँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । २०७५ फागुन २४ गते दुई संस्थाबीच मर्जर सम्झौता भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।