सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार फुकुवा

Dec 18, 2019 01:46 PM Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) को मंसिर २३ गतेको निर्णय अनुसार रोक्का भएको बैंकको धितोपत्र स्थगन फुकुवा भएसँगै पुस २ गते बुधबारदेखि शेयर कारोबार पुन: खुला भएको छ।

बैंकले मंसिर ३० गते सबै विवरणहरु उपलब्ध गराएर धितोपत्र सूचीकरण स्थगन फुकुवा गर्न पत्राचार गरेपछि नेप्सेले कारोबार खुला गरिएको नेप्सेका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलले जानकारी दिए।  

नेप्सेका अनुसार बैंकले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था अनुसार त्रैमासिक विवरणहरु नबुझाएको कारण शेयर कारोबार रोक्का भएको थियो। 

धितोपत्र सूचीकरण विनियमावली २०७५ को अनुसूची ४ को बुँदा नम्बर १८ मा भएको व्यवस्था बमोजिम सूचीकृत संगठित संस्थाले  प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिना भित्र सो अवधि भित्रको काम कारवाही र वित्तीय विवरण सहितको प्रतिवेदन नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

 

कम्पनीले उक्त विवरणहरु नेप्सेलाई समयमा नै उपलब्ध नगराएको कारण धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६९१० (ख) अनुसार कारोबार रोक्का गरिएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।