नेपाल बैंकले लाभांश वितरण गर्न बोलायो साधारण सभा, बुकक्लोज कहिले?

Dec 19, 2019 12:27 PM Merolagani

नेपाल बैंक (NBL) ले लाभांश वितरण गर्न बैंकको ६० औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले पुस २५ गते नेपाल एपिएफ क्लब हलचोक काठमाण्डौमा साधारण सभा बोलाएको हो। 

साधारण सभामा बैंकले २३ वर्षपछि लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। राष्ट्र बैंकबाट स्वीकृत भइसकेको लाभांश अब साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।

त्यस्तै सभामा अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ कायम गर्ने र सोहि अनुसार बैंककको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत लैजाँदैछ।

खराब व्यवस्थापनका कारण निष्कृय कर्जाले थिचिँदा बैंकले २२ वर्षसम्म आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन।

हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रूपैयाँ छ। बोनस वितरण पश्चत बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस १३ गतेदेखि बुकक्लोज गर्ने भएकाले नेपाल स्टक एक्सचेञ्जमा पुस १० गते बिहीबारसम्म कारोबार भई पुस १२ गतेसम्म शेयरधनी कायम भएकाहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउने बैंकले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।