मेगाले प्राप्त गर्न लागेको गण्डकीले डाक्यो साधारण सभा

Dec 25, 2019 11:21 AM Merolagani



मेगा बैंक नेपालले प्राप्त गर्न लागेको गण्डकी विकास बैंक (GDBL) ले पुस २९ गते बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले होटल पोखरा ग्राण्ड, विरौटामा बिहान ९ बजे सभा बोलाएको हो।

पुस ७ गते बसेको बैंकको सञ्चालक समितिले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो। सभामा प्राप्ति सम्बन्धी एमओयूको जानकारी दिने र हाल कायम चुक्ता पूँजीको १७.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

मेगा बैंकले असोज ८ गते बुधबार गण्डकी विकास बैंक प्राप्ती गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेकोले अहिले बैंक मेगासँग एक्वीजिशन प्रकृयामा रहेको छ। जसले हाल नेप्सेमा बैंकको शेयर कारोबार रोक्का रहेको छ।

असोज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।