एनएमबि बैंकको साधारण सभाको स्थान परिवर्तन

Dec 27, 2019 11:18 AM merolagani

एनएमबि बैंक (NMB) को साधारण सभाको स्थान परिवर्तन भएको छ। बैंकले यसअघि राष्ट्रिय सभागृह प्रप्रर्दशनीमार्ग, काठमाण्डौमा सभा बोलाएकोमा स्थान परिवर्तन गरी उक्त सभा नेपाल प्रशासनिक प्रतिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को हल जावलाखेल ललितपुरमा गर्ने निर्णय गरेको हो।

सभागृहले उक्त दिन विशेष कारणबश हल उपलब्ध गराउन नसक्ने भएकाले साधारणसभाको स्थान परिवर्तन गरीएको बैंकले जनाएको छ। 

पुस महिनामा एकैसाथ धेरै कम्पनीहरुले साधारणसभा बोलाउदा सभा गर्ने स्थान समेत अभाव हुन पुगेको हो।

बैंकले आगामी पुस २४ गते २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न ३९६ औं बैठकले उक्त दिन साधारण सभा बोलाउने निर्णय गरेको थियो।

साधारण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ।

ओम डेभलमेन्ट बैंकलाई प्राप्ती गरि असोज ११ गतेदेखि एकीकृत कारोबार थालेको एनएमबि बैंक बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ। २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ३३६ रुपैयाँ पुग्नेछ। 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले पुस ४ गतेदेखि बुकक्लोज गरेकाले पुस ३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।