प्राइम कमर्सियल बैंकको साधारण सभाको स्थान परिवर्तन

Dec 30, 2019 12:11 PM merolagani

प्राइम कमर्सियल बैंक (PCBL) को साधारण सभाको स्थान परिवर्तन भएको छ। बैंकले यसअघि राष्ट्रिय सभागृहमा सभा बोलाएकोमा स्थान परिवर्तन गरी उक्त सभा आर्मी अफिसर्स क्लब सुन्धारामा गर्ने निर्णय गरेको हो।

सभागृहले उक्त दिन विशेष कारणबश हल उपलब्ध गराउन नसक्ने भएकाले साधारणसभाको स्थान परिवर्तन गरीएको बैंकले जनाएको छ।

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्त गर्ने र लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित पुस २५ गते साधारण सभा बोलाएको छ।

सभामा कैलाश विकास बैंकलाई प्राप्त गर्न डिडिएका आधारमा निर्धारण गरिएको कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेशियो पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गरेको छ। पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ।

बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गरेर भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबारको थालेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।