हिमालयन जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव

Jan 01, 2020 11:00 AM Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। इन्स्योरेन्सको पुस १५ गते मंगलबार बसेको २४७ औं बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ५.५ प्रतिशत कर सहित गरी १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात इन्स्योरेन्सको आगामी २६ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

हाल एक अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ५ प्रतिशत अर्थात ५ करोड १३ लाख ६० हजार रुपैयाँ बराबरको बोनस वितरण गरेपछि चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ पुग्नेछ।  

हिमालयन जनरल इन्स्योरेन्सले बीमा समितिले तोके अनुसार जगेडा तथा कोषहरु कायम गर्नुपर्ने भएपछि गत आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट भने लाभांश वितरण गरेको थिएन। यसअघि आर्थिक वर्ष २०७३।७४ को मुनाफाबाट भने १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।