नागरिक लघुवित्तसँगको मर्जरपश्चात वोमीको ५ लाख कित्ता शेयर सूचीकृत

Jan 02, 2020 02:22 PM Merolagani

नागरिक लघुवित्तसँग मर्जर पश्चात वोमी लघुवित्त (WOMI) को नाममा ५ लाख ४ हजार कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको छ। नागरिक तर्फको उक्त शेयर मर्जरपछि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी पुस १७ गते नेप्सेमा सूचीकृत भएको हो।

त्यसैगरी नेपाल स्टक एक्सचेञ्ले मर्जर सम्झौतापश्चात रोक्का राखेको वोमी लघुवित्तको शेयर कारोबार समेत फुक्का गरेको छ। 

गत फागुन २४ गते मर्जर सम्झौता गरेका वोमी र नागरिक लघुवित्तले मंसिर ३० गतेदेखि एकीकृत कारोबार थालेका थिए।

लघुवित्त कम्पनीहरु १००ः७२ को स्वाप रेशियोमा एक आपसमा गाभिएका थिए। सोही स्वापअनुसार नेप्सेले लघुवित्तको शेयर सूचीकरण गरेको हो।

शतप्रतिशत हकप्रद र नागरिक लघुवित्तलाई ७२ को स्वाप रेसियोमा प्राप्ती पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँ पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।