तीन कम्पनीले नगद लाभांश बैंक खातामा पठाए

Jan 03, 2020 09:43 AM Merolagani

नेप्सेमा सूचीकृत तीन कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, निर्धन उत्थान लघुवित्त र चौतारी लघुवित्तले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको हो।

चौतारी लघुवित्त (CHLBS) ले मंसिर २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको हो। लघुवित्तको गत पुस ९ गते सम्पन्न लघुवित्तको साधारण सभाले १०.८९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यसैगरी, निर्धन उत्थान (NUBL) ले गत मंसिर २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा १५.५३ प्रतिशत नगद लाभांश पठाएको हो। पुस १३ गते सम्पन्न लघुवित्तको २१ औँ वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

यी दुबै लघुवित्तहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

गत पुस ११ गते २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स (SIFC) ले पनि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ। सो सभाले २.३५ प्रतिशत बोनस र १०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।फाइनान्सले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा १०.६५ प्रतिशत नगद लाभांश पुस १४ गतेदेखि नै जम्मा गर्न थालेको थियो। फाइनान्सको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।