चार कम्पनीका करिब साढे ३८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Jan 05, 2020 05:02 PM Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चारवटा कम्पनीको करिव साढे ३८ लाख कित्ता शेयर सूचीकृत भएको छ । तीन कम्पनीको बोनश र एकको हकप्रद सहित सो बराबरको शेयर नेप्सेमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो ।

फर्स्ट  माइक्रोफाइनान्स, नाडेप लघुवित्त, छिमेक लघुवित्तको बोनस शेयर र मुक्तिनाथ विकास बैंकको हकप्रद गरी कुल ३८ लाख ४६ हजार ६८९ दशमलव ७१ कित्ता शेयर सूचीकृत भएको हो ।

फर्स्ट माइक्रोफाइनान्सको ११ लाख ६३ हजार ४६९ दशमलव ४६ कित्ता, नाडेप लघुवित्तको ४ लाख ८० हजार कित्ता र छिमेक लघुवित्तको १८ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यस्तै मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।

उक्त बोनस तथा हकप्रद शेयर शेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।