वोमी लघुवित्तको लाभांश प्रस्ताव

Jan 06, 2020 11:09 AM merolagani

वोमी लघुवित्त (WOMI) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

लघुवित्तको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश  राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुले पमउनेछन्।

 

अघिल्लो आर्थिक वर्षको कमाइबाट २५ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट भने नगद घटाएर बोनसमा जोड दिएको हो।

हाल लघुवित्तको चुक्ता पूँजी २५ करोड २५ लाख रुपैयाँ छ। ५ करोड ५ लाख रुपैयाँ बराबरबाको बोनस वितरणपश्चात लघुवित्तको पूँजी ३० करोड ३० लाख रुपैयाँ बराबर पुग्नेछ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।