तीन कम्पनीको झण्डै डेढ करोड कित्ता बोनस शेयर सूचीकृत

Jan 07, 2020 05:40 PM merolagani

नेपाल स्टक एक्सचेञ्जमा पुस २२ गते मंगलबार एक वाणिज्य बैंकसहित ३ कम्पनीको शेयर सूचीकृत भएको छ। यस दिन ग्लोबल आइएमई बैंक, अपि पावर नेश्नल लाइफको कुल १ करोड ४६ लाख २५ हजार ४ सय १७ दशमलव ९२ कित्ता शेयर सूचीकृत भएको हो ।

मंगलबार ग्लोबल आईएमई बैंकको १ करोड ३३ लाख ६ हजार ५ सय ५७ दशमलव ७९ कित्ता, अपि पावरको ५ लाख ६७ हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्सको ७ लाख ५१ हजार ८ सय ६० दशमलव १३ कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हो ।

सूचीकृत भएका उक्त शेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।