सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

Jan 10, 2020 11:06 AM Merolagani

सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक वर्ष २०७५/७६ को कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

फाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलई चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ३३ लाख रुपैयाँ छ। फाइनान्सले सोहि पूँजीको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख रुपैयाँको नगद लाभांश वितरण गर्न लागेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

फाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा पनि ७ प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो।

सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ८ करोड ३६ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।