नेपाल बैंक थप पूँजी बृद्धिकाे तयारीमा, खराव कर्जा असुलीमा ध्यान दिन शेयरधनीको सुझाव

Jan 10, 2020 04:25 PM merolagani

२३ वर्षपछि शेयरधनीहरुलाई लाभांश वितरण गरेको नेपाल बैंक (NBL) लाई शेयरधनीहरुले खराव कर्जा असुलीमा ध्यान दिन सुझाव दिएका छन्। बैंकको पुस २५ गते नेपाल एपिएफ क्लब हलचोकमा सम्पन्न ६० औं वार्षिक साधारण सभामा शेयरधनीहरुले यस्तो सुझाव दिएका हुन्।

बैंकले पछिल्ला वर्षहरुमा खराव कर्जा घटाउँदै लगेपनि अझै घटाउनुपर्ने सुझाव लगानीकर्ताकाे छ। खराव व्यवस्थापनका कारण निष्कृय कर्जाले थिचिँदा बैंकले २२ वर्षसम्म आफ्ना शेयरधनीलाई लाभांश बितरण गर्न सकेको थिएन।

खराव कर्जा असुलीमा ध्यान दिए आगामी बर्षहरुमा बैंकले राम्रै लाभांश वितरण गर्न सक्ने शेयरधनीहरुको बिश्वास छ। उनीहरुले लाभांशलाई समेत दिगो बनाउन सुझाव दिएका थिए। उनीहरूले आगामी वर्षहरुमा लाभांश दरलाई नघटाउन खवरदारी गरेका छन् ।

त्यस्तै बैंकले स्प्रेड दर, बेस रेट लगायतका सूचकहरुमा राम्रो सुधार गर्दै लगेपनि खुद ब्याज आम्दानी घटेकोमा शेयरधनीहरुले आपत्ति जनाएका छन्। उनीहरूले प्रतिशेयर आम्दानीमा समेत सुधार गर्न सुझाएका छन्।

बैंकका अध्यक्ष बासुदेव अधिकारीले बैंकले खराव कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिए।  राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउनुपर्ने निर्देशन दिएका कारण खुद ब्याज आम्दानी घटेको अधिकारीकाे भनाइ छ। यी सूचकहरुमा सुधार गर्न बैंकले प्रयत्न गरिरहेको  बिश्वास अधिकारीले सभामा दिएका छन् ।

साधारण सभाले २३ वर्षपछि शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

  • २ घण्टाभित्र नगद लाभांश खातामा

सभाबाट पारित उक्त नगद लाभांश आजैबाट शेयरधनीको खातामा पठाउने बैंकले जनाएको छ।  बैंकका अध्यक्ष अधिकारीले नेपाल बैंकका डिम्याट खाता भएका शेयरधनीलाई सभा सकिएको २ घण्टाभित्र नगद लाभांश पठाउने व्यवस्था मिलाइएको बताएका हुन्। साथै बोनस शेयर समेत चाँडै नै नेप्सेमा सूचीकरण गराई सम्बन्धित शेयरधनीहरुलाई बितरण गरिने जानकारी दिए।

त्यस्तै सभामा अधिकृत पूँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ कायम गर्ने र सोही अनुसार बैंककको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित भएको छ ।

हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रूपैयाँ छ। बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस १३ गतेदेखि बुकक्लोज गरेकाले पुस १२ गतेसम्म शेयरधनी कायम भएकाहरुले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।