नेपाल इन्भेष्टमेन्ट बैंकको सभामा यस कारण भयो शेयरधनीबीच हात हालाहाल, अध्यक्ष भन्छन् पहिलोपटक यस्तो भयो

Jan 13, 2020 05:18 PM merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को सोमबार सम्पन्न ३३ औं साधारणसभामा दुई शेयरधनीहरुवीच हात हालाहाल भएको छ। सभामा एक शेयरधनीले अर्का शेयरधनीलाई होच्याएर बोलेको भन्दै दुई जनावीच हात हालाहाल को अवस्था सिर्जना भएको थियो । 

सभामा अधिकांश शेयरधनीहरुले एउटै कुरालाईं दोहोर्याएर बोलिरहँदा नारायण प्रसाद पौडेलले चन्द्र नारायण श्रेष्ठलाई कम बोल्न सुझाएका थिए। आफुलाई होच्याएर बोलेको भन्दै श्रेष्ठ आक्रोशित देखिन्थे। सभामा श्रेष्ठलाई ठिमिले भनेपछि उनी आक्रोशित देखिएका थिए । 

सभामा सुरुमा चन्द्र नारायण श्रेष्ठले र त्यसपश्चात नारायण प्रसाद पौडेले आफ्ना भनाइ राखेका थिए।

पौडेलले मञ्चमा आफ्नो भनाइ राखेर आउदै गर्दा दुइ विच हात हालाहाल भएको थियो । दुइ जनाविच घम्साघम्सी परेपछि सभामा सहभागि धेरै लगानीकर्ता सो ठाँउमा पुगेका थिए भने मञ्चमा बसिरहेका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत समेत तल झरेका थिए।

उक्त घटनाका कारण एकछिन सभा नै रोकिएको थियो। सभापति अर्थात बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले झगडा नगर्न आग्रह गर्दै सबैलाई आफ्नो ठाँउमा बस्न आग्रह गरेका थिए  । अध्यक्षको  अनुरोधपछि सभा शान्त भएको थियो । 

बैंकका दुइजना लगानीकर्ताबीच बैंकले दिएको लाभांश र बैंकको खर्चबारे समेत बहस चलेको थियो।
सभामा बैंकका शेयरधनी शिवप्रसाद श्रेष्ठले बैंक ३३ वर्ष पुगेको उपलक्ष्यमा लगानीकर्ताले पनि ३३ प्रतिशत नै लाभांशको आशा गरेको तर बैंकले कम लाभांश दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए भने इन्भेष्टमेन्ट बैंकभन्दा एनआईसी एसियाले नै राम्रो प्रगति गर्दै गएको भनाइ समेत राखेका थिए।

श्रेष्ठको यो भनाईलाई पौडेलले प्रतिबाद गरेका थिए । 

सभामा अध्यक्ष पृथ्वीबहादुर पाँडेले यस्तो घटना आफ्नो कार्यकालमा पहिलोपटक भएको भन्दै माफी समेत मागे। 

 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।