आईपिओ रकम बढाउँदै साउदी अरामको

Jan 13, 2020 04:00 PM Agency

साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोले अतिरिक्त शेयर बेच्ने भएको छ । केही समय पहिले साधारण शेयर (आईपिओ) बाट धेरै रकम जम्मा गर्ने विश्वको पहिलो कम्पनी बनेको अरामकोले अतिरिक्त शेयर बेच्न ग्रीनशु अप्सन प्रयोगमा ल्याएको छ । 

कम्पनीले आइतबार ग्रीनशु अप्सनमार्फत ४५ करोड कित्ता शेयर बेच्ने बताएको हो । कम्पनीले ४५ करोड अतिरिक्त शेयर विक्री गर्नका लागि उक्त विकल्प प्रयोगमा ल्याउने भएको हो ।

योसँगै कम्पनीको साधारण शेयर (आईपीओ) को आकार बढेर २९ अर्ब ४० करोडको नयाँ रेकर्ड कायम गर्नेछ । कम्पनीले यसअघि आईपिओबाट २५ अर्ब ६० करोड डलर जुटाएर नयाँ रेकर्ड बनाएको थियो ।

अरामकोले डिसेम्बरमा आईपिओमार्फत् प्रतिशेयर ३२ रियालमा ३ अर्ब शेयर बेचेर रेकर्ड कायम गरेको थियो । तर सोही समयमा नै कम्पनीले अतिरिक्त शेयर बेच्न सक्ने संकेत दिएको थियो ।

कम्पनीको सुरुवाती आईपिओमा लगानीकर्ताहरुको उच्च सहभातिासँगै कम्पनीको शेयर माग अधिक भएकाले कम्पनीले ग्रीनशु विकल्पबाट अतिरिक्त शेयर जारी गर्ने भएको हो ।

आईपीओ जारी रहँदा कम्पनीको शेयर माग धेरै भयो भने यो व्यवस्थाले मूल्य स्थायित्वमा सहयोग गर्छ । यही विकल्पमा रहेर कम्पनीले अतिरिक्त शेयर जारी गर्न लागेको हो ।

प्रतिकित्ता ३२ रियालबाट सुरु भएको कम्पनीको शेयर मूल्य सुरुवाती कारोबार दिनमा नै दैनिक वृद्धिको सीमा अर्थात् १० प्रतिशतभन्दा धेरैले बढेर ३५.२ रियाल पुगेको थियो ।

यद्यपी पछिल्लो समय अमेरिका र ईरानका बीचको तनावको अवस्थाले साउदी अरामको शेयरमा पनि प्रभाव परिरहेको बताइएको छ ।

जनवरी ८ मा अरामकोको शेयर मूल्य प्रतिकित्ता ३४ रियालमा झरेको थियो । यो डिसेम्बर ११ को सुरुवाती कारोबारभन्दा कम हो । तर यसदिन बजार बन्द हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३५ रियाल पुगेको थियो ।

बिहीबार बजार बन्द हुँदा अरामकोको बजार पूँजीकरण १८ खर्ब ७० अर्ब डलर पुगेको थियो । यो आईपीको मूल्य भन्दा धेरै हो । त्यतिबेला कम्पनीको बजार पूँजीकरण १७ खर्ब डलर कायम भएको थियो । यद्यपी अरामकोको बजार पूँजीकरण बढेको भएपनि यो अहिले पनि साउदी राजकुमार मोहम्मद बिन सलमानले अनुमान गरेको भन्दा कम हो । सलमानले अरामकोको मूल्यांकन २० खर्ब डलर पुग्ने बताएका थिए । एजेन्सी 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।