सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता, स्वाप रेशियाे कति ?

Jan 13, 2020 06:06 PM Merolagani



सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता भएको छ ।सोमबार एक कार्यक्रम आयोजना गरी दुई संस्थाबीच  अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगी विकास बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकले आ—आफ्नो विशेष/वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्ने जनाएको छ । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

मर्जर सम्झौता अनुसार सहयोगी विकास बैंकका शेयरधनीहरुले १०० कित्ता शेयर वरावर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर पाउनेछन् ।

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सहयोगी विकास बैंक प्राप्ति पछि चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।