लगानीकर्ताको खाताबाट जनता बैंकको शेयर गायव, कहाँ हरायो शेयर ?

Jan 13, 2020 06:56 PM Merolagani

लगानीकर्ताको खाताबाट जनता बैंकको शेयर एकाएक गायव भएको छ । जनता बैंकको शेयर ग्लोबल आइएमई बैंकको नाममा स्थानातरण गर्ने प्रकृयामा रहेका कारण लगानीकर्ताको डिम्याट खाताबाट शेयर हराएको हो ।  

'स्थानान्तरण गर्ने प्रकृयामा रहेका कारण लगानीकर्ताको डिम्याट खाताबाट शेयर हराएको हो'  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रवक्ता शुरेस न्यौपानेले भने । मर्जर प्रकृया सकिएपछि शेयर मिलान गर्न कम्पनीहरुको शेयर लगानीकर्ताले दुई दिन चलाउन नमिल्ने गरी व्यवस्था गरिएकाे हुन्छ । सोही कारण शेयरधनीको खाताबाट जनता बैंकको शेयर चलाउन नमिल्ने भएको हो । 

जनता बैंकका शेयरधनीको नाममा रहेको शेयर सोमबार रातिनै ग्लोबल आइएमई बैंकको नाममा परिवर्तन भइ शेयरधनीको नाममा जम्मा हुने न्यौपानेको भनाई छ । ग्लोबल आइएमई बैंक र जनता बैंकले गत मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । मर्जर सम्झौता पश्चात ग्लोबल आइएमई बैंक र जनता बैंकको असार २२ गते आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ

एकीकृत कारोबार सुरु भएको झण्डै ढेड महिनापछि जनता बैंकको शेयर ग्लोबल आइएमई बैंकको नाममा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुने तयारीमा रहेको छ । लगानीकर्ताको खातामा शेयर आएसँगै दोस्रो बजारमा कारोबार सुचारु हुने छ । बैंकको दोस्रो बजारमा अर्काे सातादेखि कारोबार खुल्ने नेप्सेले जानाएको छ । 'सम्पूर्ण प्रकृया पुगिसकेको छ । अर्को सातादेखि कारोबार खुल्छ' नेप्से स्रोतले भन्यो ।लामो समयसम्म दुवै बैंकको शेयर कारोबार रोक्का हुदा लगानीकर्ताहरुले आफूहरु मर्कामा परेको बताउदै आएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।