नागबेलीको साधारण सभा आह्वान, बोनसपश्चात हकप्रद निष्काशन गर्ने

Jan 14, 2020 09:16 AM Merolagani

नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड (NBBL) ले लाभांश पारित गर्ने प्रस्ताव सहित माघ २६ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे शुरु हुनेछ।

पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनको लागि १.३६८ प्रतिशत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र शेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

लघुवित्तलाई संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि शेयर स्वामित्व परिवर्तन गर्न लागेको हो। लघुवित्तले एक पटकमा संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्नेछ।

त्यसैगरी, अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। किसान र मिर्मिरेसँग मर्जर भाँडिएपछि लघुवित्तले अन्य लघुवित्तहरुसँगको मर्जर अथवा एक्वीजिसनको प्रक्रिया शुरु गर्न लागेको हो।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले माघ १३ गतेदेखि बुकक्लोज गर्नेछ। राष्ट्रियस्तरको लघुवित्त बन्ने लक्ष्यसहित मिर्मिरे, नागबेली र किसान माइक्रोफाइनान्सले गत बैशाख ३० गते मर्जर सम्झौता गरेको थियो। त्यसयता यी तीनवटै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।