नेपाल टेलिकमले मौज्दातमा रहेको रकम धितोपत्र बजारमा लगानी गर्ने

Jan 14, 2020 05:58 PM Merolagani

नेपाल टेलिकम (NTC) ले मौज्दातमा रहेको रकम धितोपत्र बजारमा लगानी गर्ने भएकाे छ । कम्पनीकाे साधारण सभाले कम्पनीमा मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको शेयर तथा ऋण पूँजीमा लगानी गर्ने बिशेष प्रस्ताव पारित गरेकाे छ । 

यसका साथै मंगलबार सम्पन्न बाह्रौं वार्षिक साधारणसभाले  विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर शेयरिङ्ग गर्ने प्रयोजन समेतको लागि अन्य सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्न प्रवन्धपत्र संशोधन गर्ने बिशेष प्रस्ताव  पारित गरेको छ।

  • लाभांश पारित, आगामी वर्ष बोनस वितरण गर्न लगानीकर्ताको माग

टेलिकमको मंगलबार सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने ४५ प्रतिशत लाभांश पारित गरेको छ।

साधारण सभामा शेयरधनीहरुले आगामी वर्ष बोनस शेयर वितरण गर्न माग गरेका छन्। कम्पनीले सर्वसाधारणलाई प्रिमियम सहित शेयर बिक्री गरेर पनि कम लाभांश वितरण गरेकाे भन्दै आगामी वर्ष बोनस वितरणको माग राखेका हुन्। 

टेलिकमले वितरण गरेको लाभांश प्रिमियम सहितको मूल्यमा शेयर खरिद गर्ने सर्वसाधारण शेयरधनीहरुको लागि ७ प्रतिशत मात्र रहेको भन्दै उक्त लाभांश अत्यन्तै थोरै भएको बताएका छन्। शेयरधनीहरुले टेलिकमले सरकारलाई ४५ प्रतिशत लाभांश वितरण गर्दा सर्वसाधारणलाई भने ७ प्रतिशत मात्र लाभांश वितरण गर्नु अन्यायपूर्ण रहेको बताएका छन्।

सभामा शेयरधनीहरुले कम्पनीको मुनाफा घटेर प्रतिशेयर आम्दानी लगायतका अन्य सूचकहरु समेत घट्नु कम्पनीको लागि राम्रो नभएको बताए। उनीहरुले टेलिकमको राजस्व समेत हिस्सा समेत घट्नुलाई कुपोषणको संज्ञा दिएका छन्।

शेयरधनीहरुले टेलिकमलााई जनकपुर चुरोट कारखानासँग तुलना गर्दै भोली टेलिकमको समेत सोही अवस्था आउन सक्ने चेतावनी दिए। कुनै समय जनकपुर चुरोट कामरखाना समेत सबैभन्दा धेरै राजश्व तिर्ने कम्पनीको रुपमा रहेकाे थियाे। 

लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेकाले पुस १४ गतेसम्म शेयरधनी कायम भएकाहरुले नगद लाभांश पाउनेछन्।

हाल १५ करोड रुपैयाँ पूँजी रहेको कम्पनीमा सर्वसाधारणको ८.४८ प्रतिशत, सरकारको ९१.४९ प्रतिशत र नागरीक लगानी कोषको ०.०३ प्रतिशत हिस्सा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।