आइसिएफसि फाइनान्सको लाभांश पारित

Jan 14, 2020 05:50 PM Merolagani



आइसिएफसि फाइनान्स (@ICFC@) को प्रस्तावित १३ प्रतिशत लाभांश पारित भएको छ । फाइनान्सको पुस २९ गते मंगलबार सम्पन्न सोह्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्तावित लाभांश पारित गरेकाे हाे ।

फाइनान्सले शेयधनीलाई हाल कायम चुक्ता पूँजीको पाँच प्रतिशत बोनश र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यस्तै फाइनान्सले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने गरी आगामी चार वर्षको लागि  टंकराम गौतम, अच्युतराज आचार्य र हेमशिखा जोशी गर्गलाई  सञ्चालक चयन गरेकोे छ । साथै, आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पूँजी ८८ करोड २१ लाख रहेको फाइनान्सले ११ अर्व ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्व ३९ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।