आइसिएफसि फाइनान्सको लाभांश पारित

Jan 14, 2020 05:50 PM Merolagani



आइसिएफसि फाइनान्स (@ICFC@) को प्रस्तावित १३ प्रतिशत लाभांश पारित भएको छ । फाइनान्सको पुस २९ गते मंगलबार सम्पन्न सोह्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट प्रस्तावित लाभांश पारित गरेकाे हाे ।

फाइनान्सले शेयधनीलाई हाल कायम चुक्ता पूँजीको पाँच प्रतिशत बोनश र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यस्तै फाइनान्सले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने गरी आगामी चार वर्षको लागि  टंकराम गौतम, अच्युतराज आचार्य र हेमशिखा जोशी गर्गलाई  सञ्चालक चयन गरेकोे छ । साथै, आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पूँजी ८८ करोड २१ लाख रहेको फाइनान्सले ११ अर्व ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्व ३९ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।