प्रभु इन्स्योरेन्सको सीइओमा सन्चित बज्राचार्यलाई निरन्तरता

Jan 16, 2020 02:40 PM Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्चित बज्राचार्यलाई निरन्तरता दिएको छ । कम्पनी संचालक समितिको बैठकले माघ एक गतेदेखि लागू हुने गरी पुनः चार वर्षको लागि बज्राचार्यलाई जिम्मेवारी दिएकाे हाे ।  

पहिलो कार्यकाल २०७६ पुस मसान्तमा सकिने भएपछि संचालक समितिले थप एक कार्यकालको लागि बज्राचार्यलाई पुन नियुक्त गरेको हो ।

उनी सन् २००९ देखि नै प्रभु इन्स्योरेन्समा कार्यरत छन् । उनीसंग २१ वर्ष भन्दा बढी सरकारी क्षेत्रमा काम गरेको अनुभव समेत छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।