अमेजनले भारतमा १ अर्ब डलर लगानी गर्ने

Jan 16, 2020 05:22 PM Agency

अमेरिकी ई–कमर्स कम्पनी अमेजनले भारतमा १ अर्ब डलर लगानी गर्ने भएको छ । विश्वका सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका अमेजनका सीईओ जेफ बेजोसले बुधवार उक्त घोषणा गरेका हुन् । 

बेजोस ३ दिने भारत भ्रमणका क्रममा रहेका छन् । उनले दिल्लीमा आयोजित कार्यक्रममा भारतमा एक अर्ब डलर लगानी गर्ने र सन् २०२५ सम्म १० अर्ब डलर मूल्य बराबरको मेक इन इन्डिया प्रोडक्स एक्सपोर्ट गर्ने घोषणा गरेका हुन् ।

बेजोसले साना तथा मझौला व्यवसायलाई डिजिटलीकरण गर्दै अनलाइनमा बिक्री तथा सञ्चालन गर्न उक्त रकम लगानी गर्न लागिएको बताए । अमेजन कुनै समय एउटा सानो व्यापार भएको भन्दै उनले आफूले साना तथा मझौला व्यवसायका लागि उक्त रकम लगानी गर्न लागेको स्पष्ट पारे ।

योसँगै उनले कम्पनीको विस्तारको लागि भारत निकै मत्वपूर्ण बजार भएको बताए । अमेजनका अनुसार, कम्पनीको भारतीय प्लेटफर्ममा ५ लाख ५० हजार विक्रेता रजिस्टर्ड छन् । ६० हजारभन्दा धेरै स्थानीय निर्माता र ब्रान्डले अमेजनका माध्यमबाट विश्वभरमा मेक इन इन्डिया प्रोडक्ट एक्सपर्ट गरिरहेका छन् ।

यसअघि नै अमेजनले भारतमा ६ अर्ब ५० करोड डलर लगानीको प्रतिबद्धता जनाइसकेको छ । भारतको ई–कमर्स क्षेत्रमा अहिले अमेजन र फ्लिपकार्टको दबदबा छ । फ्लिपकार्ट अमेरिकी रिटेल कम्पनी वालमार्टको शाखा हो । गत वर्ष भारतले ल्याएको नयाँ नियमले विदेशी कम्पनीलाई भारतमा ई–कमर्स व्यवसायका लागि केही रोक लगाएको छ । यसले दुवै कम्पनी केही समस्यामा परेका छन् ।

अमेजनको उपस्थितिले भारतको स्थानीय खुद्रा बजारमा नकारात्मक असर परेको भन्दै हजारौं साना व्यापारीले मुलुकभरका कयौँ सहरमा बेजोसको विरोध गरिरहेका छन् । अमेजनको धेरै नै छूट दिने नीतिका कारण आफ्नो कारोबार प्रभावित भइरहेको उनीहरुको आरोप छ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।