राष्ट्रिय वाणिज्य बैंकले लाभांश प्रस्ताव सहित डाक्यो साधारण सभा

Jan 17, 2020 09:02 AM Merolagani



राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBB) ले लाभांश प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ। बैंकले माघ २४ गते साधारण सभा आह्वान गरेको हो।

बैंकको साधारण सभा राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गस्थित बैंकको सभाहलमा अपरान्ह २ बजे शुरु हुनेछ।

सभामा चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

शेयरधनीहरुको उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिति पुस्तिका बिहान १२ बजेदेखि १ बजेसम्म खुला गरिनेछ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।