दुई बीमा कम्पनीलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Jan 17, 2020 05:56 PM Merolagani



नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको छ । बोर्डले एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई ७६ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

एनएलजी इन्स्योरेन्स (NLG) ले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० कित्ता बराबर ६ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो । हकप्रद निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको गत जेठ १४ गते सम्पन्न विषेश साधारण सभाले बीमा समितिले निर्धारण गरेको न्यूनतम चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस अघि नै इन्स्योरेन्सले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिइसकेको छ । इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रदलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ग्रेड ३ रोटिङ्ग प्रदान गरेको छ ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले पनि चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।

इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभाले हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो । हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड पुग्नेछ ।
कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।