दुई बीमा कम्पनीलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Jan 17, 2020 05:56 PM Merolagani



नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको छ । बोर्डले एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई ७६ करोड ९१ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

एनएलजी इन्स्योरेन्स (NLG) ले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० कित्ता बराबर ६ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो । हकप्रद निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको गत जेठ १४ गते सम्पन्न विषेश साधारण सभाले बीमा समितिले निर्धारण गरेको न्यूनतम चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस अघि नै इन्स्योरेन्सले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिइसकेको छ । इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रदलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ग्रेड ३ रोटिङ्ग प्रदान गरेको छ ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले पनि चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।

इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभाले हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो । हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड पुग्नेछ ।
कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।