कृषि विकास बैंकले १०.३५ प्रतिशत वार्षिक ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने

Jan 20, 2020 09:20 AM Merolagani

कृषि विकास बैंक (ADBL) ले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र माघ १४ गते देखि निष्काशन गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित दरका ७ वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.३५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी सो बराबरको ऋणपत्र निष्काशनमा ल्याउने भएको हो।

२ अर्ब ५० करोड मध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुनेछ। बाँकी एक अर्ब ५० करोडरुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ।

एनआईबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा माघ १७ गते तथा ढिलोमा फागुन १४ गते सम्म आवेदन दिन सकिनेछ।

ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलए’ रेटिङ्ग प्रदान गरेको छ। ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जनाएको छ।

ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन गर्न पाउनेछन्। ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्। यद्यपी शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।