सानिमा थ्री इन वन खातामा अनलाईनबाटै शेयर कारोबार गर्न सकिने

Jan 20, 2020 01:52 PM merolagani

सानिमा बैंकले सानिमा क्यापिटलको सहकार्यमा नेपालमै पहिलो पटक थ्री इन वन खाता सञ्चालमा ल्याएको छ । यो खाता सञ्चालनमा आएसँगै हालसम्म तीन हजार भन्दा बढी ग्राहकले यस खाता मार्फत् शेयर कारोबार गरिरहेको बैंकले जनाएको छ ।

थ्री इन वन खातामा बचत खाता, लगानीखाता र डिम्याट खाताको सुविधा हुन्छ । सानिमा बैंक र सानिमा क्यापिटलले संयुक्त रूपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरूले अनलाइन मार्फत् दोश्रो बजारबाट शेयर खरिद बिक्री गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेभसाइटमा थ्रि इन वन मा गएर आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । अनलाइन मार्फत् आवेदन दिएपछि ग्राहकले दिएको इमेलमा आवेदन प्राप्त भएको जानकारी पाउन सकिनेछ ।

त्यसपछि ग्राहकले एक पटक बैंकको नजिकैको शाखामा पुगेर KYC  भरेपछि डिम्याट खाता इमेल मार्फत प्राप्त गर्न सकिन्छ । अनलाइनमार्फत user ID काे credential  प्राप्त भएपछि ग्राहकले आफै शेयर कारोबार गर्न बैंकले जनाएको छ । 

बैंकका अनुसार लगानीको लागि इच्छुक, व्यस्त कामकाजी तथा कामको सिलसिलामा भ्रमण गर्ने वा विदेश बसेका नेपालीले शेयर खरिद बिक्रीका लागि यो योजना निकै उपयोगी रहेको छ । साथै अनलाईन मार्फत् आफ्नो अनुकुल र छोटो समयमै शेयर खरिद बिक्री पनि गर्न सकिने बैंकको भनाई छ ।

एक पटक खाता खोलेर हस्ताक्षर प्रमाणीकरण भइसकेपछि हरेक कारोबारका लागि बैंक वा शेयर बजारका ब्रोकरकोमा धाउनुपर्ने अवस्थाबाट छुटकारा पाइने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।