घुम्ती बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन समितिका अध्यक्षको निर्देशन

Jan 20, 2020 04:47 PM Merolagani

बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले घुम्ती बीमा प्रभावकारी रुपले कार्यान्वयनमा ल्याउन बीमा कम्पनीका सीइओहरुलाई निर्देशन दिएका छन् । बीमा जनचेतना मूलक गीतको विमोचन गर्दै अध्यक्ष चापागाँईले सीइओहरुलाई घुम्ती बीमा कार्यक्रम कार्यन्वयन गर्न निर्देशन दिएका हुन् ।

बीमा कम्पनीका सीइओहरु समेत रहेकाे उक्त कार्यक्रममा अध्यक्ष चापागाँइले  शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन जारी भएकाे स्मरण गराउदै घुम्ती बीमा  कार्यक्रमलाई प्रभावकारी कार्यन्वयनकाे लागि निर्देशन दिएका हुन् ।

बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको असार मसान्तसम्म आफ्नो कुल बीमा व्यवसायको १० प्रतिशत लघुबीमा जारी गर्नु पर्ने प्रावधान अनुसार घुम्ती बीमा मार्फत लघुबीमाको लक्ष्य पुरा गर्न सकिने उनको भनाई छ । सरकारको नीतिअनुसार घुम्ती बीमाले लघु बीमाको लक्ष्य पुरा गर्न सहयोग पुग्ने उनको दाबी छ ।

‘घुम्ती बीमा मार्फत प्रत्येक एक स्थानीय तहमा महिनामा एक पटक पुग्नु पर्छ भन्ने हामीले निर्देशन दिईसकेका छौं’ उनले भने, ‘रिपोर्टिगको व्यवस्था गरेको छौं घुम्ती बीमा मार्फत कति बीमालेख बिक्री भयो भन्ने तथ्यांक समेत हामी संकलन गर्छौ ।’

सबै स्थानीय तहमा बीमा कम्पनी पुग्न कठिनाई भएपनि घुम्ती बीमा मार्फत बीमा क्षेत्रको विस्तार गरिने उनको भनाई छ ।

यस्तै बीमा समितिको प्रबर्द्धन र मिडिया इन्टरनेशनलको प्रस्तुतिमा बीमा सम्बन्धी जनचेतनामूलक नयाँ गीत सार्वजनिक गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।