हिमालयन बैंकले लाभांश प्रस्ताव सहित डाक्यो साधारण सभा, ५ सञ्चालकहरु मनोनयन गरिने

Jan 21, 2020 10:03 AM Merolagani



हिमालयन बैंक (HBL) ले लाभांश र ५ सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा सहित साधारण सभा आह्वान गरेको छ। बैंकले माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, बैंकको अधिकृत पूँजी वृद्धिगरी १२ अर्ब गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी गराउने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गर्दै बैंक भित्रको लामो विवाद हटाएर ३० दिनभित्र सञ्चालक समिति सदस्य निर्वाचनबाट चयन गर्न निर्देशन दिएको हो। सोही निर्देशन बमोजिम बैंकले यस सभामा सञ्चालकहरुको निर्वाचन गर्न लागेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले माघ १३ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार माघ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

माघ २९ गते बिहान ११ बजेदेखि शुरु हुने सो सभाको हाजिर पुस्तिका बिहान १० बजेदेखि खुल्ने बैंकले जनाएको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।