ग्लोबल आईएमईको शेयरमा खरिदकर्ताको चाप कायमै, शेयरमूल्यमा सकारात्मक सर्किट

Jan 21, 2020 11:36 AM Merolagani

मंगलबार पनि ग्लोबल आईएमई (GBIME) को शेयरमा खरिदकर्ताहरुको चाप कायमै रहेको छ। सोमबार पनि यस बैंकको शेयरमा खरिदकर्ताहरुको चाप देखिएको थियो।

मंगलबार बजार खुलेको आधा घण्टासम्मको मार्केट डेप्थमा १२ लाख ८२ हजार ८९६ कित्ता शेयर खरिदका आदेश देखिएको छ भने बिक्रीकर्ताहरु शून्य रहेका छन्। सो अवधिसम्ममा बैंकको शेयरमूल्य ९.७५ प्रतिशत अर्थात २७ रुपैयाँ बढेर ३०४ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार बैंकको शेयर २७७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। जनता बैंकसँग सफल मर्जरपश्चात साढे ६ महिनापछि शेयर कारोबार खुलेका कारण लगानीकर्ताहरु झुम्मिएका हुन्। लगानीकर्ताहरु उच्च मूल्यमा नै शेयर खरिद गर्न खोजिरहेका छन्। साढे ११ बजेसम्ममा ३०४ रुपैयाँमा ८ लाख ६६ हजार ३२१ कित्ता शेयर खरिद आदेशहरु मार्केट डेप्थमा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।