लगानीकर्ताले यो वर्ष कति बुझे लाभांश?

Jan 22, 2020 02:12 PM Merolagani

सबिना बजगाई । 

दोस्रो बजारमा सूचीकृत कम्पनी हरूमा लगानी गर्ने शेयरधनीहरुले यस वर्ष मनग्गे प्रतिफल प्राप्त गरेका छन् । उनीहरूले लगानी गरेको कम्पनीले दिएको लाभांश बापत शेयरधनीले मनग्गे आम्दानी गरेका हुन् ।

चालू आर्थिक वर्षमा ३७ कम्पनीले आफ्ना शेयरधनीलाइ १९ अर्ब ७९ करोड ८८ लाख रुपैयाँ बराबरको लाभांश दिएका छन् ।  बोनस शेयर र नगद लाभांश सहित उक्त रकम शेयरधनीले पाएका हुन् । जसमा ११ अर्ब ६३ करोड रुपैयाँ ४८ लाख रुपैयाँ बराबरको बोनस शेयर र आठ अर्ब १५ करोड ३९ लाख रुपैयाँ नगद लाभांश लगानीकर्ताले बुझेका हुन् । 

हाल सम्म शेयरधनीले ९ वटा वाणिज्य बैंक मार्फत् १२ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ, ११ वटा इन्स्योरेन्स कम्पनी मार्फत् ५ अर्ब ३५ करोड ६३ लाख, ४ वटा विकास बैंक मार्फत ८१ करोड ४० लाख रुपैयाँ, ८ वटा माइक्रोफाइनान्स मार्फत् ६३ करोड ७० लाख, अन्य २५ करोड ५३ लाख, होटल्स १६ करोड ९६ लाख, फाइनान्सबाट १० करोड ८७ लाख, २ वटा हाइड्रोपावर १० करोड १८ लाख रुपैयाँ बराबरको बोनस तथा नगद लाभांश प्राप्त गरेका हुन् ।

यी मध्ये २० वटा कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लाभांश वितरण गरेका हुन् भने ८ वटा कम्पनीले २०७५/७६ र एक इन्स्योरेन्सले २०७३/७४ को मुनाफाबाट बोनस तथा नगद लाभांश वितरण गरेको हो ।

यी कम्पनीले लगानीकर्तालाई वितरण गर्ने लाभांश साधारण सभाबाट पारित गराएसँगै लगानीकर्ताहरुले उक्त रकम प्राप्त गरेका हुन् । सूचीकृत कम्पनीहरुले आफ्नो व्यवसाय विस्तार गर्न, चुक्ता पूँजी वृद्धि गर्न तथा आफ्ना शेयरधनीहरुलाई कम्पनीको प्रतिफलको हिस्सा वितरण गर्ने उद्देश्यले बोनस तथा नगद लाभांश वितरण गर्ने गरेका छन् । गत बर्ष ९४ सूचीकृत कम्पनीले शेयरधनीलाइ लाभांश दिएका थिए ।चालु आर्थिक बर्षमा अझै धेरै कम्पनीले लाभांश बितरण गर्न बाँकी छ ।   

  • ग्लोबल आईएमई बैंकका शेयधनीले पाए सबैभन्दा धेरै लाभांश 

सबैभन्दा धेरै लाभांश बापतको रकम ग्लोबल आईएमई बैंकका शेयरधनीहरुले बुझेका छन् । कम्पनीले एक अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस शेयर र सोही रकम बराबरको नगद लाभांश गरी कुल २ अर्ब ६६ करोड रुपैयाँ बराबरको लाभांश वितरण गरेको छ । यसैगरी सबैभन्दा कम जनउत्थान सामुदायिक लघुवित्तका कम्पनीका शेयरधनीले ६० लाख रुपैयाँ बराबरको लाभांश प्राप्त गरेका छन् ।

  • २८ कम्पनीले लाभांश सहितको बोनस दिदाँ ९ वटाको बोनस मात्र 

३७ कम्पनीमध्ये २८ वटा कम्पनीले नगद सहितको बोनस शेयर वितरण गरेका हुन् भने बाँकी ९ वटा कम्पनीले बोनश शेयर मात्र वितरण गरेका हु्न् । जसअनुसार बोनस बापत लाग्ने करको रकम लगानीकर्ता आफैँले भुक्तानी गरेपश्चात् मात्र बोनश शेयर प्राप्त गर्नेछन् ।

धितोपत्र बोर्डको पुस मध्य सम्मको तथ्यांक अनुसार, नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३७ कम्पनीले चालू आर्थिक वर्षमा ११ करोड ६३ लाख ४८ हजार ७३५.३३ कित्ता बोनस शेयर धितोपत्र बोर्डमा दर्ता गराएका छन् ।

यी कम्पनीले लगानीकर्तालाई दिने भनी प्रस्ताव गरेको बोनस साधारण सभाबाट पारित गराएर उक्त शेयर धितोपत्र बोर्डमा दर्ता गराएका हुन् । यद्यपी त्यसपछि पनि अरु धेरै कम्पनीहरुले साधारण सभा गरिसकेका छन् भने कतिपय कम्पनीहरु साधारण सभा गर्ने क्रममा रहेका छन् । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।