दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले कति कमाउलान्? एक प्रक्षेपण

Jan 23, 2020 04:20 PM Merolagani



वाणिज्य बैंक समूहबाट दोस्रो त्रैमासमा सबैभन्दा बढी नबिल बैंकले नाफा गर्ने भएको छ। पहिलो त्रैमासमा आर्जन गरेको नाफाका आधारमा मेरोलगानीले दोस्रो त्रैमाससम्ममा कति नाफा आर्जन गर्लान भन्ने अध्ययनमा यस्तो देखिएको हो।

सूचीकृत वाणिज्य बैकहरुमा नबिलले पुस मसान्तसम्ममा २ अर्ब २७ करोडको हाराहारीमा नाफा आर्जन गर्ने मेरो लगानीको प्रक्षेपण छ। बैंकले पहिलो त्रैमासमा १ अर्ब १२ करोड खुद नाफा कमाएको थियो।

तर, सूचीकृत कम्पनीमा नबिलले सबैभन्दा बढी नाफा गर्ने देखिएपनि उसको भन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले गर्ने छ। उसले पुस मसान्तसम्ममा २ अर्ब २७ करोड हाराहारिमा नाफा गर्ने देखिएको हो ।पुस मसान्तसम्ममा बैंकको नाफा २ अर्ब २७ करोडको हाराहारीमा हुने छ। बैंकले पहिलो त्रैमासमा १ अर्ब १२ करोड खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकको बाहेक १२ बैंकहरुको खुद नाफा १ अर्ब नाघ्ने देखिन्छ।सबैभन्दा कम मुनाफा भने सिभिल बैंकको हुनेछ। बैंकले पुस मसान्तसम्ममा ३८ करोड १८ लाखको हाराहारीमा खुद नाफा आर्जन गर्ने देखिन्छ।

दोस्रो त्रैमासको अन्त्यसँगै सूचीकृत कम्पनीहरु वित्तीय विवरण प्रकाशित गर्न तयारीमा छन्। केही कम्पनीहरुले पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता रहेको धितोपत्र बजारमा वाणिज्य बैंकहरुको खुद नाफामा लगानीकर्ताहरुको विशेष चासो हुने गरेको छ। लगानीको रणनीति बनाउन लगानीकर्ताहरु हरेक त्रैमासको वित्तीय विवरणलाई अध्ययन गर्ने गर्दछन्। कम्पनीहरुले हरेक त्रैमासमा गरेको नाफाका आधारमा पनि लगानीकर्ताहरु कम्पनीको चयन गर्ने गर्दछन्।

माघ ८ गतेसम्ममा दुई वाणिज्य बैंकहरुले पहिलो ६ महिनासम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। जसमध्ये एनआईसी एशिया बैंकले २ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ भने सिटिजन्स बैंकले ६८ करोड ७७ लाख खुद नाफा आर्जन गरेको छ

 नाेट :  विभिन्न सूत्रहरुको प्रयोगबाट गरिएको यो प्रक्षेपण मात्र हो। यसैलाइ अन्तिम ठानेर लगानी धारणा नबनाउन  सर्वसाधारण लगानीकर्तामा जानकारी गराइन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।