लघुवित्त कम्पनीहरुमा गाभ्ने गाभिने प्रकृया तीब्र, दुई लघुवित्तले गरे सम्झौता

Jan 22, 2020 03:45 PM merolagani

लघुवित्त कम्पनीहरूमा गाभ्ने तथा गाभिने प्रकृया तीब्र देखिएको छ। पछिल्लो समय अधिकांश लघुवित्तहरु मर्जर तथा एक्वीजिसनमा जाने तयारी गरिरहेको अवस्थामा महुली लघुवित्तले साधारण शेयर समेत जारी नगरेको किरण लघुवित्तलाई गाभ्ने सम्झौता गरेको छ। 

सप्तरीको महुली लघुवित्त र काभ्रेको नव किरण लघुवित्तले माघ ८ गते एक कार्यक्रमका विच दुई लघुवित्तबीच गाभ्ने तथा गाभिने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा महुली लघुवित्तका तर्फबाट अध्यक्ष प्रभु नारायण चौधरी र नव किरण लघुवित्तको तर्फबाट मोहनहरि आचार्यले हस्ताक्षर गरेका छन्।

मर्जरपछि बन्ने संस्थाको नाम महुली लघुवित्त रहने छ भने प्रधान कार्यालय हाल महुली लघुवित्तको मुख्य कार्यालय रहको स्थान अर्थात सप्तरीमा रहने छ। हालसम्म नवकिरण लघुवित्तले सर्वसाधारणमा शेयर जारी गरेको छैन।

 गाभिने प्रकृया आगामी बैंशाख सम्ममा सम्पन्न गरी एकीकृत कारोबार शुरु गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ। 

डिडिए रिपोर्ट अनुसार स्वाप रेसियो कायम गर्ने सम्झौतामा उल्लेख छ । तर मुल्याँकनकर्ताले संयुक्त मर्जर समितिलाई शेयर स्वाप अनुपात १०० बराबर ९५ रुपैयाँमा नघट्ने गरी कायम गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।

मर्जरपश्चात बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृतमा को रहने भन्ने बारे नयाँ सम्झौता गरिने कम्पनीले जनाएको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।