तारागाउँले भोलिदेखि नगद लाभांश बैंक खातामा जम्मा गर्ने

Jan 23, 2020 10:39 AM Merolagani

तारागाउँ रिजेन्सी होटल्स (TRH) ले भोलिदेखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको नगद लाभांश जम्मा गर्नेछ।

कम्पनीले भोलि अर्थात माघ १० गते शुक्रबारदेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने व्यवस्था मिलाएको हो। कम्पनीले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सानिमा क्यापिटलबाट आईपीएसमार्फत नगद लाभांश भुक्तानी गर्नेछ।

गत पुस २९ गते सम्पन्न कम्पनीको २३ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको १२.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गतेदेखि बुकक्लोज गरेको थियो।

पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको बैंक खातामा सो नगद लाभांश जम्मा गरिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।