सानिमा बैंकको नाफा एक अर्ब नाघ्यो, ईपीएस बढ्यो

Jan 24, 2020 09:24 AM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा बैंक (SANIMA) ले १ अर्बभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको नाफा एक अर्ब नाघेको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ५३ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९८ करोड २० लाख खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड ८५ लाख बढेर २ अर्ब १६ करोड ७९ लाख पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २३ करोड बढेर १ अर्ब ६२ करोड ३७ लाख पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५३ पैसा बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १३.१२ गुणा कायम रहेको छ।

पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकको जगेडा कोष २ अर्ब ४२ करोड २ लाख र रिटेन्ड अर्निङ्ग १ अर्ब १ करोड ७९ लाख रहेको छ। सो अवधिसम्ममा बैंकले ९९ अर्ब ३० करोड निक्षेप सङ्कलन गरी ८८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ।

दोस्रो त्रैमाससम्ममा ९५ करोड ९ लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको यस बैंकको निष्क्रिय कर्जा ०.४१ प्रतिशत रहेको छ भने रिटर्न अन इक्वीटी २०.७५ प्रतिशत रहेको छ। बैंकको आधार ब्याजदर ९.२९ प्रतिशत र स्प्रेडदर ४.१७ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।