सनराइज बैंकको ४६ औँ शाखारहित बैंकिङ्क सेवा मोरङ्गको हरैचामा

Jan 24, 2020 01:47 PM Merolagani



सनराइज बैंक (SRBL) ले बैंकिङ्ग सेवा विस्तार गर्दै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ।

सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख बिवेक निरौलाले बिहीबार आयोजित एक कार्यक्रममा शाखा रहित बैंकिङ्ग सेवा संयुक्त रुपमा पोइन्ट अफ सेल मेसिन, बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चौधरीलाई हस्तान्तरण गर्दैे उद्घाटन गरेका थिए।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।