मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सहकार्य

Jan 24, 2020 02:01 PM Merolagani



मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र रेमिट टु नेपाल रेमिटका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका हुन् । यस सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने अपेक्षा गरिएको छ । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।